समस्त आदरणीय कोरिया रिटर्नी दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर जानकारी।KOICA को K-HaMi Loan Program अन्तर्गत उपलब्ध ऋण सुविधा, ऋण प्राप्तिका लागि आवश्यक योग्यता तथा मापदण्ड, आवेदन प्रक्रिया एवं सम्बन्धित अन्य विषयमा विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन जानकारीमूलक कार्यक्रम आयोजना हुन गइरहेको व्यहोरा सादर सूचित गरिन्छ।कार्यक्रममा K-HaMi Loan Program को परिचय तथा उद्देश्य, हालै विस्तार गरिएका ऋणका योग्यता तथा मापदण्ड, PMC Reintegration Training मा सहभागी भई हाल ऋणका लागि योग्य भएका कोरिया रिटर्नीहरू, ऋण आवेदन गर्ने प्रक्रिया तथा सिफारिस पत्र प्राप्त गर्ने कार्यविधि लगायतका विषयमा जानकारी प्रदान गरिनेछ।यसका साथै, कार्यक्रममा सहभागी महानुभावहरूका जिज्ञासा तथा प्रश्नहरूको सम्बोधनका लागि प्रश्नोत्तर (Q&A) सत्र समेत सञ्चालन गरिनेछ।अतः K-HaMi Loan Program अन्तर्गत ऋण सुविधाबारे जानकारी लिन इच्छुक तथा आफू उक्त कार्यक्रमका लागि योग्य हुन सक्ने सम्पूर्ण कोरिया रिटर्नी महानुभावहरूलाई कार्यक्रममा सहभागी भई आवश्यक जानकारी प्राप्त गर्नुहुन सादर अनुरोध गरिन्छ।साथै, सम्बन्धित अन्य कोरिया रिटर्नीहरूसम्म समेत यो सूचना पुर्याई कार्यक्रमको अवसरबाट लाभान्वित हुन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम: K-HaMi Loan Program सम्बन्धी जानकारीमूलक अनलाइन कार्यक्रम
मिति: सोमबार, २१ सेप्टेम्बर २०२६
नेपाली मिति: ५ आश्विन २०८३
समय: अपराह्न २:०० बजे – ३:०० बजे
समय क्षेत्र: नेपाल समय (Kathmandu Time)
माध्यम: Zoom Online Meeting
Meeting ID: 860 6196 0807
Passcode: 712588सहभागिताका लागि Zoom Link:
Zoom Online Meeting मा सहभागी हुनुहोस्
