हेटौडा वरपर बसोबास गर्नुहुने कोरियन रिटर्नी नेपाली नागरिकहरूलाई लक्षित गरी सामुदायिक समन्वय तथा पारस्परिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिने भएकोले सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ।उक्त कार्यक्रममा आसन्न निर्वाचनमा मकवानपुर जिल्लाबाट उम्मेदवारी दिनुहुने कोरियन रिटर्नी समुदायका प्रतिनिधि श्री रमेश उप्रेती ज्यूसँग परिचयात्मक भेटघाट, शुभकामना आदान–प्रदान तथा सामुदायिक छलफल समेत सम्पन्न गरिनेछ।अतः हेटौडा तथा मकवानपुर जिल्लाभित्र बसोबास गर्नुहुने सम्पूर्ण कोरियन रिटर्नी साथीभाईहरूलाई निर्धारित मिति यही फागुन 9 गते शनिवार हेटौडा बाइपास रोड होटल ब्रान्डमा बिहान 8 बजे उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरिन्छ।कार्यक्रम सम्बन्धी थप विवरण आवश्यक परेमा ९८४९७७९०९४ वा ९८४५०७१६९९मा सम्पर्क राख्नुहुन समेत अनुरोध छ।
